नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुग्यो, १५ जनाको मृत्यु - News site from Nepal
काठमाडौं- नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ४ हजार ८५ पुगेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ५८४ पुगेको छ ।
इलाममा पनि संक्रमित भेटिएसँगै हालसम्म ७२ जिल्लामा कोरोना भाइसरसको संक्रमण फैलिएको छ ।
१५ जनाको मृत्यु
नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।आज थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । चितवनका एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।

भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको आज विहान मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो । गत शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइ.सी.यूमा उपचाररत उनलाई कोरोना पोजेटिभ देखिएपछि सोमबार बेलुकामात्र भरतपुर अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो ।

उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार उनलाई सुगर, प्रेसर लगायत निमोनियाको समस्या सममेत रहेको थियो ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सेती प्रादेशिकअस्पतालमा उपचाररत ५५ वर्षीया एक महिला र स्याङ्जाका ५८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!