कुश्मा नगरपालिकाका कर्मचारीद्धारा १० लाख रुपैंया प्रकोप ब्यवस्थापन कोषमा सहयोग - News site from Nepal

पर्वत –  कुश्मा नगरपालिकाका कर्मचारीले नगरपालिकाले स्थापना गरेको प्रकोप ब्यवस्थापन विकास कोषमा दश लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम बराबरको चेक आज कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनी मार्फत नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने सहित वडाध्यक्षको रोहोवरमा हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका कर्मचारी मध्ये प्रशासकिय अधिकृत हरी पंगेनीले १५ हजार अधिकृत स्तरका कर्मचारीले ८ दिन र सहायक स्तर र श्रेणी विहीन कर्मचारीले ५ दिन वरावरको तलव कोषका लागि प्रदान गरेको प्रशासकिय अधिकृत हरि पंगेनीले जानकारी दिए ।

कर्मचारीको बैठकले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नगरपालिकाद्वारा स्थापना गरेको कोषमा उक्त रकम जम्मा गर्ने निर्णय भए बमोजिम रकम सहयोग गरिएको पंगेनीको भनाई छ । नगरपालिकामा हाल १ सय ९५ जना कर्मचारी कार्यरत छन् । नगरपालिका भित्र कार्यरत शिक्षकहरुले छुट्टै रकम कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!