पर्वतमा उपभोक्ता हित संरक्षण मञ्चको वैठक सम्पन्न, कोरनाका नाममा कृत्रिम अभाब नगर्न अनुरोध - News site from Nepal

पर्वत– केही महिना देखि बिश्वभर फैलिएको कोरोना भाइरसको कारण देखाउँदै उपभोक्तालाई ठगी नगर्न उपभोक्ता हित संरक्षण मञ्च नेपालले अनुरोध गरेको छ ।
पर्वतको कुस्माबजारमा सम्पन्न मञ्चको गण्डकी प्रदेशको बैठकले असहज आपुर्ति र कृत्रिम मुल्यबृद्धि नगर्न, नगराउन तथा उपभोक्ताले पनि विबेकसिताको प्रयोग गर्दै आवश्यकता भन्दा बढी उपभोग्य सामाग्रीको सञ्चय नगर्न अनुरोध गरेको छ ।
मञ्चका अध्यक्ष सुरेन्द्र थापाले बिज्ञप्ती जारी गर्दै जनताका दैनिक उपभोग्थ्य बस्तुहरुको उपलब्धताको प्रभावकारी अनुगमनको लागि सरोकारवाला निकायलाई अनुरोध गर्दै कोरना(कोभिड १९) बिरुद्ध लड्न र यसका बिरुद्ध सर्तकता अपनाउन सम्पूर्ण उपभोक्ताहरुमा समेत आग्रह गर्नुभएको छ ।
कोरना भाइरसको सन्त्रासको समयमा यसैलाई निहुँ बनाएर गरिने कृत्रिम अभाब, अर्नगल प्रचार, नागरिकका दैनिक उपभोग्य सामाग्रीहरुको गैह्रकानुनी स्टोर, मुल्य बृद्धि, जस्ता कार्य भैरहेकोमा यो संस्था भत्र्सना समेत गरेको छ । नेपालको संबिधानले खाद्यय, औषधी हरेक उपभोक्ताको अधिकारको रुपमा स्थापित गरेको र अधिकार प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै कोरना भाइसरको नाममा कुनै ब्यक्ति, संस्था, उद्योगी, ब्यापारी वा कहिँकतैबाट नागरिकहरुको अधिकार माथि आघात षर्ने गरी दैनिक उपभोग्य खाद्यबस्तु, औषधी, मास्क, तेल, ग्याँस, लगायतका अति आवश्यक बस्तुहरुमाथि कृत्रिम अभाब नर्गन, नगराउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!