पर्वतको शालिजास्थित शान्ति आधारभूतमा लायन्स क्लवको पुस्तकालय - News site from Nepal
पर्वतको शालिजास्थित शान्ति आधारभूतमा लायन्स क्लवको पुस्तकालय

लायन्स क्लब अफ बेनी मल्लाज र मोनाराम फाउण्डेशनको एक लाख ८७ हजार रुपैयाँ भन्दा बढीको सहयोगमा स्थापना गरिएको पुस्तकालय शनिबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
३५ हजार बराबरको १८५ थान विद्यार्थी र विद्यालयका लागि उपयोगी पुस्तक सहयोग गरिएको क्लवका अध्यक्ष दिनेश बानियाले जानकारी दिनुभयो ।

पुस्तक खरिद र पुस्तकालयको स्तरोन्नतिका लागि एक लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ । कार्यक्रममा सहभागी लायन्सकर्मीहरुको तर्फबाट आर्थिक संकलन गरि विद्यालयलाई थप ५२ हजार २३० रुपैयाँ उपलब्ध गराइएको थियो ।

पुस्तकालयको उद्घाटन गर्दै जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्वुजा पुनले बालबालिकाको पढाइमा रुची बढाउन र पढ्ने बानिको विकास गराउन पुस्तकालय उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ अन्तरास्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालका डिस्ट्रीक्ट को चिफ एड्भाईजर चन्द्रकुमार केसी, क्लबका निबर्तमान अध्यक्ष श्रीलाल चापागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदक्त सापकोटा, विद्यालयका प्रधानध्यापक शिव सुवेदी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

क्लबका अध्यक्ष दिनेश बानियाको अध्यक्षता, तृतीय उपाध्यक्ष पुस्कल ढुंगानाको सञ्चालन र जोन चियर पर्सन दिलिप कुमार बरुवालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!