पर्वतको कुश्माबजारमा बसको ठक्करवाट लेस्पारका एक युवाको मृत्यु - News site from Nepal

पर्वत– पर्वत सदरमुकाम कुश्माबजार स्थित शिवालयचोकमा वसको ठक्करवाट एक युवाको मृत्यु भएको छ ।
मुस्ताङदेखि पोखराका लागि हिडेको ग१ख ७००३ नम्वरको वसले कुश्माबजार स्थित शिवालयचोकमा दिउँसो साढे १२ बजे ठक्कर दिँदा वाटो हिडिरहेका पैदलयात्री पर्वतकै मोदी गाउँपालिका वडा नं. ४ लेस्पारका ३४ वर्षिय डिलबहादुर पुनको मृत्यु भएको हो ।
बसको ठक्करवाट गम्भीर घाईते भएका पुनलाई जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बसका चालक र बस भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ । मृतक पुनको शब पोष्टमार्टमपछि परिवारलाई बुझाईने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!