पर्वत / संघीय समाजबादी पार्टीका केन्द्रिय सदस्य महेन्द्रजंग लामिछानेको बिहीबार बिहान निधन भएको छ ।
पर्वतको मोदी गाउँपालिका –६ तिलहार निवासी लामिछानेको काठमाण्डौमा हृदयघातका कारण निधन भएको हो ।
राष्ट्रिय सहकारी महासंघको अधिबेशनमा भाग लिन काठमाण्डौ पुगेका लामिछानेको कार्यक्रममा जाने क्रममा बिच बाटोमा नै हृदयघात भएपछि उपचारका लागि सिभिल अस्पताल बानेश्वर लगिएको थियो । अस्पतालले लामिछानेलाई मृत घोषित गरेको थियो । लामिछाने जिल्ला सहकारी संघ पर्वतको अध्यक्ष समेत हुन । उनी सामुदायिक वन उपभोक्ता महासंघ पर्वतमा पनि क्रियाशिल थिए । लामिछानेले तत्कालिन नेकपा(माओबादी)मा लामो समय भूमिगत बसेर शसस्त्र युद्धमा सहभागी थिए ।