पर्वतअस्पतालका प्रमुख डाक्टर देबकोटालाई कोरना पुष्टि - News site from Nepal
पर्वतअस्पतालका प्रमुख डाक्टर देबकोटालाई कोरना पुष्टि

पर्वत- जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर शिशिर देवकोटालाई कोरना पोजेटिभ देखिएको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा उहाँको रिपोर्ट पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएसगै उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफँु संक्रमित भएको जानकारी गराउनुभएको छ । समाजीक सञ्जाल फेसबुकमा केही दिन देखि ज्वरो र रुघाखोकि लागेपछि गरिएको कोरना टेष्टमा कोरना पोजेटिभ देखिएको र सम्पर्कमा आएका सबैमा स्बास्थ साबधानी अपनाउन उहाँको आग्रह छ ।
आफु चाडै निको भएर काममा फर्किने र सबै सुरक्षीत रहन उहाँले आग्रह गर्नुभएकोे छ । उहाँसंगै स्बाव संकलन गरिएका अन्य ४ जना स्बास्थकर्मीको भने रिर्पोट नेगेटिभ आएको छ । देबकोटा हाल होम आईसुलेशनमा बस्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!