
पर्वत – पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा चार दिन देखि सलह किराले धान र कोदोबाली सखाप बनाएको छ । पाङका कृषकलाई बिहान देखि साँझ सम्म धान र कोदो जोगाउन हम्मे परेको बेला त्यही सलह किरालाई बागलुङ सदरमुकाममा रहेका होटलहरूले परिकार बनाएर बेचिरहेका छन ।
पाङमा चार दिन देखि सलहले ठुलो नोक्सानी बनाएको वडा अध्यक्ष देबेन्द सबुेदीले बताउनुभयो । नुवार लगायतका क्षेत्रमा बढी क्षति भएको छ । बारीमा लगाएको कोदो सकिन थालेको छ भने धानखेतमा पनि हरियो बन्न लागेको धान जोगाउन गाह्रो छ ।
स्थानियबासीहरु पनि धानबाली र कोदोलाई कसरी जोगाउने भेनर चिन्तामा छन । स्थानिय बिज्ञान मल्ल वडा अध्यक्ष सुबेदीलाई सलह मार्नका लागि बिषादी छर्कन आग्रह गर्दै हुनुहुन्थ्यो । थाल ठटाउने, परिवारै लागेर लखेट्ने काम गर्दा पनि सलह भागेको छैन । उल्टै धान र कोदो सकिन लागेको उहाँको चिन्ता छ । अहिले मकै रहेको तथा कोदो र धान हुर्कने समय भएकाले त्यही खान सलहको ठुलो झुन्ड केही दिनदेखि पाङमा बसिरहेको छ ।
वडा अध्यक्ष सुबेदीले सलह मार्नका लागि गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि खबर गरेको जानकारी गरानुभयो ।
पाङका कृषकलाई सलहबाट बाली जोगाउने पिरलो परेका बेला छिमेकी बागलुङका होटलका लागि आवश्यक सलह टिप्न बागलुङका बालबालिकाहरू पर्वतको कुस्मा नगरपालिका(१ स्थित पाङसम्म आउने गरेका छन्। कोरोनाको जोखिमका कारण विद्यालय बन्द रहेकाले केही बालबालिकाहरू सलह टिप्न छिमेकी जिल्लासम्म आउने गरेका छन । होटलहरूले पिउनेपानीको बोतलभरि सलह लिएर जाने बालबालिकालाई १०० रुपैयाँ दिने गरेका छन्। पाङमा सलह छोप्दै गरेका एक बालकले सलह बेचेर ९ सय जम्मा गरिसकेका सुनाए । ‘ सलह बेचेर आएको पैसा ममी ९आमा० लाई राख्न दिएको छु, विद्यालय खुलेपछि कापीकलम किन्न काम लाग्छ।ु ‘बागलुङका होटेलमा सलहको बिक्री राम्रै भएको जस्तो लाग्यो,’
कुस्मा(१ का वडा सदस्य वीरेन्द्र रिजाल ९खगेन्द्र० ले भन्नुभयो ‘बागलुङ र पाङ जोड्ने गरी हालै मात्र सञ्चालनमा आएको लामो पुल तरेर बागलुङबाट बच्चाहरू बोतल र बोरा बोकेर आएका देखिन्छन्।’ बागलुङ बजारमा बस्ती बाक्लो भएको र खाद्य बाली नलगाइएका कारण बालबालिकाहरू सलह समात्न पर्वतको पाङसम्म आउने गरेको उहाँले बताउनुभयो । । सलह छोप्न गाउँ र सहर दुवै ठाउँका बालबालिकाहरू पाङमा जम्मा हुने गरेका छन्। बालबालिकाले जम्मा गरेको सलह बजार क्षेत्रमा रहेकाहरूले होटलहरूमा बिक्री हुने गरेको र गाउँ क्षेत्रमा रहेका कतिपयले भुटेर खाने गरेका छन्। पर्वतस्थित कुस्माका होटलहरूमा फ्राई गरिएको एक प्लेट सलह खान २०० रुपैयाँसम्म तिर्नुपर्छ।