प्रसिद्ध पञ्चासेलाई पर्यटनको हब बनाउन सरोकारवालाहरु एकजुट - News site from Nepal

पर्वत- पर्वत, कास्की र स्याङजाको संगम स्थलमा अवस्थित प्रशिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकको आर्कषणको केन्द्रको रुपमा विकास गर्न सरोकारवालाहरु एकमत भएका छन् ।
पञ्चासे क्षेत्रको विकासका लागि आयोजित गोष्ठीमा सहभागी राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड र पञ्चासे क्षेत्रसँग जोडिएका कास्की जिल्लाका पोखरा महानगरपालिका र अन्नपूणर् गाउँपालिका, पर्वत जिल्लाका मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा स्याङजा जिल्लाका आँधीखोला र फेदिखोला गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधि र अन्य सरोकारवालाहरु यसका लागि सहकार्य गर्न सहमत भएका हुन् ।
यसका लागि सवै निकायहरुको सहकार्य र समन्वयमा संस्थागत संरचना तयार गर्ने, पंचासेको गुरुयोजना निर्माण गर्ने र स्रोत तथा साधनको परिचालन गर्नका लागि सवैले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । पञ्चासे कास्की, पर्वत र स्याङजा तीन जिल्लाको सीमानामा अवस्थित जैविक विविधताले भरिपूणर् र धार्मिक महत्व बोकेको क्षेत्र भएकाले तीनै जिल्लाको समग्र विकासका लागि यसको प्रवद्र्धनमा जोड दिनुपर्नेमा सवैको एकमत भएको हो ।


समुद्री सतहवाट २ हजार ५१७ मिटरको उचाईमा अवस्थित पञ्चासे शिखर वरपरको संरक्षित वनमा १ सय १३ प्रजातीका सुनाखरी, ५ प्रकारका लालीगुराँस लगायतका विभिन्न दुर्लभ जडीबुटी र वनस्पतिहरु, चितुवा, मृग, बंदेल आदि जनावरहरु पाइन्छन् ।
पञ्चासेवाट धौलागिरी, अन्नपूणर् र मनास्लु हिमश्रृंखलाको अलौकिक दुश्य देख्न सकिन्छ भने नजिकै अवस्थित श्रवणकुमारको समाधी, अन्धाअन्धी, पञ्चासेको शिखरमा रहेको शिव मन्दिर र भदौरे, आर्थर, चित्रे आदि रमणीय गाँउहरुको स्थानीय संस्कृतिका कारण यो ठाउँ धार्मिक र साँस्कृतिक पर्यटकका लागि आकर्षक केन्द्रको रुपमा विकास हुँदै गएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जैविक विविधताले भरिपुणर् पञ्चासे क्षेत्रलाई विकास गरी नेपालकै पर्यटनको हब बनाउन सकिने बताउनुभयो । उहाँले पञ्चासे क्षेत्र हरेक दृष्टिकोणवाट पर्यटकको रोजाईमा पर्ने महत्वपुणर् गन्तव्य बन्ने बताउँदै यसको विकासका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो । आफ्नो जन्मभूमि सोहि स्थानमा रहेकाले आफुले पञ्चासेलाई नजिकवाट चिनेको बताउँद्यै यसको विकासका लागि आफु लामो समयदेखि सक्रिय रहँदै आएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पञ्चासेलाई गण्डकी प्रदेशकै महत्वपुणर् पर्यटन क्षेत्रको रुपमा विकास गर्न मन्त्रालयले पहल गरेको बताउनुभयो । उहाँले सवै सरोकारवालाहरुसँग समन्वय गरेर यो क्षेत्रको विकासमा लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पञ्चासेको प्रचार प्रसार र प्रवद्र्धन गरि केही समय भित्रै पञ्चासे सबै पर्यटकहरु एकपटक जानैपर्ने गन्तव्यको रुपमा स्थापति गर्ने र पर्यटकीय सुविधाहरुको विकास गर्न निजी क्षेत्रलाई समेत आव्हान गर्नुपर्ने बताउनुभयो ।
गोष्ठीमा गण्डकी प्रदेश सभाका सांसदहरु राजीव पहारी र मीना गुरुङले पञ्चासे धेरै संभावना बोकेको पर्यटन गन्तब्य भएता पनि सोचे जस्तो विकास गर्न नसकिएकोले सवै सरोकारवालाहरुले समन्वय गरि अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!