गाँउमा कोरोना रोगको प्रभाव र लकडाउन - News site from Nepal
गाँउमा कोरोना रोगको प्रभाव र लकडाउन
  • रामचन्द्र भुसाल

विगत केही समययता चिनबाट फैलिन सुरु गरेको कोरोना भाईरस (covid-19) को प्रभाव विभिन्न देशहरुमा परेको छ ।
सामान्य रुघाखोकि र ज्वरो को लक्षण देखनपर्ने यो भाईरसको हालसम्म औषधि पत्ता लगाउन नसकेको बैज्ञानिकहरुले बताउँदै आएका छन् । यस रोगका लागि विभिन्न देशका बैज्ञानिकहरुले औषधि पत्ता लगाउन कोशिस गर्दै परिक्षणको लागि प्रयोग गरिएको पनि हामिहरु विभिन्न सञ्चार माध्ययमा सुन्दै आईरहेका छौँ । मानिसहरुको लसपस र धातुको माध्यमबाट सर्ने यो रोगबाट बच्नको लागि नेपाल सरकारले  LOck Down वन्दावन्दी गरेको पनि धेरै हप्ता बितिसक्यो । वन्दावन्दीको सुरुमा मानिसहरु धेरै सतर्क रहे यो रोगलाई एकदमै जटिल प्रकारको निको नहुने रोगको रुपमा लिए जहाँ कोरोना रोगका कारण छिमेकी देश चिनमा थुप्रै व्याक्तिहरुको ज्यान गएको समाचार मेडियामा घण्टा घण्टामा बजिरहन्थ्यो ।
सुरु सुरुमा नेपाल सरकारले वन्दावन्दी निकै कडाईका साथ गर्ने भन्ने निर्णय गर्दै कार्यान्वयनमा ल्यायो पनि जहाँ वन्दाननिदको प्रभाव कस्तो हुन्छ भन्ने कुरा कतिपय नेपाली जनताहरुलाई थाहै थिएन् । त्यो समयमा नेपालमा कोरोना रोगको प्रभाव पनि थिएन तर लकडाउनको निकै राम्रो प्रभाव रहेको थियो । केहि समय सवै सेवासुविधाहरु बन्द भए पनि मानिसहरुले कुनै अप्ठ्यारो महसुस गरेनन् ।
त्यसको केहि समयपछि विदेशमा रहेका नेपालीमा कोरोना देखियो भन्ने समाचार आयो । जुन कुरा सुन्दा आफन्तहरु विदेश रहेका नेपालीहरुले आँफु आँफै सतर्क हुन जरुरी छ भन्ने कुरामा सहमत जनाउन थाले, दुरी कायम गरी सुरक्षता अपनाए र हतोत्साहित भए पनी । विस्तारै केहि समय पछि सरकारले नै विभिन्न ठाँउमा रहेका ज्याला मजदुरी गरेर खानपान चाउनेहरुका निम्ति राहत समग्रिहरु वितरण गर्दै शहरमा अलपत्र परेका तथा आफ्नो घर जान ईच्छुक व्यक्तिहरुलाई यातायातको व्यवस्था मिलाएर घरघरमा पुर्याउने काम गर्याे । त्यसपछि नेपालमा नेपाली जनताहरुले लकडाउन खुकुलो हुँदै गएको महसुस गर्दै गईरहेको पाईन्छ ।
विभिन्न ठाँउमा रहेका व्याक्तिहरु गाँउ फर्केपछि गाँउघरमा दशैँ आएजस्तै रमाईलो गरि मानिसहरु भेला भएर हाँसो रमाईलो गर्दै दिनहरु वितथाले । वन्द रहेका विद्यालयहरुमा पनि विद्यार्थी जम्मा गरी किताबहरु बाँड्ने जस्ता कामहरु भईरहेका छन् । आवतजावतका सन्दर्भमा पनि कुनै त्यस्तो प्रतिबन्ध लगाईको देखिदैँन ।
हुन त कोरोनाले अहिले झन ठुलो रुप लिँदै गएको छ औषधि पनि पत्ता लागेको छैन मानिसहरुको मृत्युदर बढ्दै गएको छ यस विषयमा सरकारले जसरि पहिला कडाईका साथ वन्दावन्दि गरेको थियो त्यसरीनै निरनतरता दिँदा राम्रो हुनेमा कतिपयको विचार पाईएपनि लामो समयसम्म वन्दावन्दि हँुदा गाँउबासिहरुले यसको पालना गर्न नसकेको र पुरानै पद्धतिबाटै आफ्नो काम कार्यमा हातेमाले गरेको अवस्था रहेको छ ।
हिजोआज नेपालमा कोरोना रोग विरुद्धको औषधि नेपालमा वन्यो रे भन्ने कुरा सामाजिक सन्जालमा फैलिएको छ तर यसको सफल परिक्षण भने हुन नसकिरहेको विषेसज्ञहरुले बताएका छन् ।
विश्व स्वास्थ्य संगठनको टोली नेपाल आएर सो औषधिको अध्ययन अनुसन्धान र परिक्षण गरेमा औषधिले काम गर्ने नगर्ने निधो हुने जनाएका छन् । अन्त्यमा हजुरहरु जहाँ जस्तो अवस्थामा हुनुहुन्छ सुरक्षित रहन सतर्कता अपनाउन अवस्य जरुरी छ । आफ्नो व्याक्तिगत सरसफाई र खानपानमा ध्यान दिनुहोला आँफुबाट कोरोना भगाउनुहोला । –धयवाद

शंकरपोखरी, पर्वत

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari