मुलुकको सम्बृद्धिका लागि ब्यबसायिक शिक्षा आवश्यक – अध्यक्ष तिमिल्सिना - News site from Nepal

पर्वत– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकले आर्थिक सम्बृद्धि हासिल गर्नका लागि स्वरोजगार बनाउने ब्यबसायिक शिक्षा अहिलेको आबश्यकता भएको बताउनुभएको छ।
पर्वतको कुस्मबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको २८ औ बार्षिकोत्सब तथा २६ औ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले युवालाई स्वरोेजगार बनाउन सक्ने ब्यबसायिक शिक्षाबाट मात्रै मुलुकले सम्बृद्धि हासिल गर्न सक्ने बताउनुभएको हो ।
उहाँले स्नातक र स्नातकोत्तर पढेपनि रोजगारी पाउन नसकेर बिदेशमा भाडाँ माझ्न जानुपर्ने बाध्यताको अन्य गर्नु अहिलेको आबश्यकता हो भन्नुभयो । ‘अहिले बर्षेनी लाखौ युवाहरु उच्च शिक्षा हासिल गरेर श्रमबजारमा प्रबेश गरेपनि रोजगारी पाउन सकिरहेका छैनन ’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो ‘युवाहरुलाई स्वदेशमै रोजगार बनाउन सक्ने ब्यबसायिक शिक्षा दिने शैक्षिक संस्थाहरुको खाँचो मुलुकका लागि छ ।’
तीन दशक अघि सम्म पढेलेखेका युबाहरुले रोजगारी पाउन कठिन नभएपनि अहिले शिक्षक र कर्मचारी बनेर मात्रै बन्न खोजेर सबै रोजगार बन्न नसकिने धारणा अध्यक्ष तिमिल्सिनाको थियो । आफैले उद्दम गरेर अरु धेरैलाई रोजगार बनाउनका लागि पनि ब्यबसायिक शिक्षाको आबश्यकता रहेको कुरामा उहाँले जोड दिनुभयो ।
अहिले मुलुकका धेरै सामुदायिक क्याम्पसहरु न्युन बिद्यार्थी संख्या र आर्थिक अभाबमा गुज्रदै गएको चर्चा गर्दै समय अनुकुलको शिक्षा दिने र शिक्षकहरु खुल्ला प्रतिष्पर्धाबाट छान्ने हो भने पनि धेरै समस्या समाधान हुने उहाँको भनाई छ । क्याम्पसहरुमा बिद्यार्थी संगठनहरुका बिचमा मित्रबत प्रतिष्पर्धा हुनु जायज भएपनि क्याम्पस सञ्चालकहरुले राजनिती गर्दा यस्ता संस्थाहरु धारसायी बन्दै गएकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभया । ‘क्याम्पस सञ्चालकहरुले शिक्षक छनौट देखि सबै कुरामा राजनैतिक आँखाले हेर्न थालेपछि यस्ता संस्थाहरु धारसायी बनेर जान्छन’ उहाँले भन्नुभयो ‘स्वच्छ र दिगो शैक्षिक वातावरणका लागि शिक्षकको छनौट पनि खुल्ला प्रतिष्पर्धाबाट हुन जरुरी छ’ ।


उहाँले फरक प्रशंगमा बोल्दै आफनो कार्यकाल भित्र पर्वतका ७ वटै पालिकाका ६२ वटै वडा सम्म पुग्ने सडकलाई पक्की गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । कुस्माबजारलाई ज्ञादी संग जोड्न झाप्रेबजर र बलेवा संग जोड्न कल्लेरीमा मोटरेबल पुल बन्न लागेको जानकारी दिदै सडकको सहज पहुँच भएपछि कुस्माबजारलाई शैक्षिक हबको रुपमा बिकास गर्न पनि सहयोग पुग्छ भन्नुभयो ।
संबिधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले पनि शैक्षिक संस्था राजनितीबाट मुक्त हुनुपर्ने कुरामा जोड दिनुभयो । ‘शैक्षिक संस्थामा बसेर राजनिती गर्ने र शैक्षिक संस्थालाई पुर्वाग्रह राखेर हेर्ने दुबै अतिबादी हुन ’ उहाँले भन्नुभयो ‘राजनिती भन्दा माथि राखे मात्रै शैक्षिक संस्थाको बिकास र उन्नती संभब छ । गुप्तेश्वर क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका जोशीले गुप्तेश्वर क्याम्पसले दश जोड २ कक्षा हटाएकै कारण बिद्यार्थी संख्या कम हुन पुगेको बताउँदै आफुँले संस्थामा राजनिती नहोस भनेर छिट्टै पद छाडेको दाबी पनि गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुन्दरप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका जिल्ला कार्यालय सदस्य तथा पब्लिक क्याम्पस संघ पर्वतका अध्यक्ष गोबिन्द पहाडी, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति नबराज गुरुङ्ग, शिबालय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बिष्णु नेवार क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष लोकनाथ आचार्य, नेपाल प्रध्यापक संघ गुप्तेश्वर इकाईका अध्यक्ष कबिन्द्र न्यौपाने, गुप्तेश्वर क्याम्पस अभिभावक संघका अध्यक्ष मुक्ति पोखरेल, भुपु बिद्यार्थी मञ्चका अध्यक्ष केदारनाथ आचार्य, स्वबियका काबा सभापति इश्वर भुसाल, नेबिससंघ इकाई सभापति शिशीर शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष सुन्दर प्रसाद जोशी र क्याम्पस प्रमुख सुवास पन्तले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने स्वागत सञ्चालक समिति सदस्य कुलप्रसाद उपाध्याय र सञ्चालन सहायक क्याम्पस प्रमुख द्वय यदुप्रसाद पौडेल र ओमकार गिरीले गर्नुभएको थियो । उक्त अवसरमा क्याम्पसका संस्थापक अध्यक्ष तथा संबिधानसभा सदस्य अर्जुनप्रसाद जोशी सहित पुर्व अध्यक्षहरुलाई राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान गर्नुभएको थियो भने बिभिन्न प्रतियोगितामा बिजयी बिद्यार्थीहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!