पर्वतको ठुलीपोखरीमा स्वर्गिय लम्सालको श्रद्धाञ्जली सभा सम्पन्न - News site from Nepal

पर्वत-  नेकपा कुश्मा नगरपालिका वडा नं. १२ का वडा कमिटि सदस्य स्वर्गिय खेमराज लम्सालको निधन भएको तेह्रौ दिनको पुण्य तिथिमा शुक्रवार श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपाका नेताहरुले स्वर्गिय लम्सालले शैक्षिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सँधै स्मरण गर्नुपर्ने बताएका छन् । उनिहरुले शोकलाई शक्तिमा बदलेर उहाँका सपना साकार पार्न पार्टी पंक्ति लाग्नुपर्ने बताउँदै लम्सालको निधनले सिंगो पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन् ।
कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य केशव कुँवर सिर्जनशिल, नेकपा सचिबालय सदस्य ढाकाराम गौतम, नेकपा कुश्मा नगरकमिटि अध्यक्ष शंकर गिरी, स्वर्गिय लम्सालका भाई गिरीनारायण लम्साल लगायतले बोलेका थिए ।
नेकपा कुश्मा नगरकमिटि वडा नं. १२ का अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ढाकाराम सापकोटाले गर्नुभएको थियो ।
स्वर्गिय लम्साल जनता शुदर्सन माविका पूर्व प्रअ हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!