बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई पर्वतमा सम्मानित - News site from Nepal

पर्वत- जिल्लाका राजनीतिक अगुवा स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा सम्पन्न भएको छ ।
अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् अमृतप्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राननितिक जीवनको सर्वोत्तम पुँजी भएको बताउनु भएको थियो ।
नेता जोशीले अमृत जोशी लामो समय पर्वत जिल्ला पञ्चायतको सभापतिजस्तो महत्वपूर्ण पदमा बसेर पनि निष्कलंक र सर्वमान्य व्यक्तिका रुपमा परिचित हुनसक्नु उहाँको सबैभन्दा ठुलो त्याग भएको बताउनु भयो ।
उहाँले राजनीति भन्दा सामाजिक सेवाको क्षेत्र निकै फराकिलो भएको उल्लेख गदै अमृत जोशीको समाजप्रतिको निष्ठा, त्याग र समर्पणका कारण पर्वत जिल्लाका हरेक जनताले उहाँलाई श्रद्धा गरिरहेको स्पष्ट पार्नुभयो । नेता जोशीले अमृत जोशी स्मृति प्रतिष्ठानलाई कुनै विचारको वरिपरि मात्र सिमित नबनाएर सबैको साझा प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो । प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहेका जोशीले प्रतिष्ठानको कोष र कार्यक्रमलाई आगमी दिनमा थप बृद्धि गदै लैजाने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले आफ्नै गृह जिल्लामा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै समाज र देशप्रति आफ्नो दायित्व झन बढेको बताउनु भयो । उहाँले समाजसेवाको उदाहरण अहिलेका पुस्ताहरुले अनुसरण गर्नुपर्नेमा जोड दिनुभयोे । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले राजनितिक संस्कार र सामाजिक योगदानको सबैले अनुशरण गर्न जरुरी रहेको बताउनुभयो । समाजसेवा , राजनीतिक निष्ठा र आदर्शका कारण अमृत जोशी स्वार्गबास भएर पनि जिल्लाबासीको मनमा जिवितै रहेको भुसालले बताउनुभयो । कार्यक्रममा पैयँु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिका उपमेयर सिताकाफ्ले लामिछाने, संविधानसभाका सदस्य कल्पना चापागाई, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का उम्मेदवार राजेन्द्रप्रदसाद तिवारी, अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, पूर्व सम्मानित व्यक्तित्व तोयनाथ चालिसे, नेकपा कुश्मा नगरपालिका अध्यक्ष शंकर गिरी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी,जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईलाई सम्मान गरिएको छ । प्रतिष्ठानले एसईई परिक्षामा उत्कष्ठ अंक ल्याएर उत्तिर्ण हुने नवजागृती मावि तिलाहारका छात्र गणेश शर्मा र सोही विद्यालयकी छात्रा अनिता शर्मालाई नगद सहित सम्मान गरेको छ । त्यस्तै नेपाल जेसिसले आयोजना गरेको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने पर्वतकी निरुता शर्मालाई नगद सहित सम्मान गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले मृगौला रोगवाट पीडित कुश्मा नगरपालिका–४ की बिनिता परियारलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका सचिव माधव पौडेलले जानकारी दिनुभयो ।

अमृत जोशी स्मृति प्रतिष्ठानमा आजिवन सदस्य पनि थपिएका छन् । आज भएको सभामा मिलन सुवेदी, बिरेन्द्र रिजाल, राजेन्द्र्रप्रसाद तिवारी, डण्डपाणी रिजाल, गोबिन्द पहाडी, शंकर गिरीले आजिवन सदस्यता लिनुभएको छ । अमृत जोशीको जीवनीवारे प्रतिष्ठानका पूर्व सचिव एवम् सल्लाहकार कमलनाथ शर्माले प्रकाश पार्नुभएको थियो । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सल्लाहकार ख्यामनाथ शर्माले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव माधव पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!