गण्डकीमा एकाविहानै थपिए ६७ जना संक्रमीत, पोखरामा मात्रै ३१ जना - News site from Nepal

पर्वत ः गण्डकी प्रदेशमा आज एका विहानै ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जस मध्ये पोखरामा एकैपटक थप ३१ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार बिहान जारी गरेको विज्ञप्तीमा क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरका ३१ जना सहित प्रदेशका गोरखा, तनहुँ र नवलपुर जिल्लामा गरी ६७ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
पोखरा महानगर भित्र संक्रमण पुष्टि हुनेमा मेडीसिटी अस्पतालमा उपचाररत २ जना ७३ वर्षीय महिला तथा ७८ वर्षीय पुरुष, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २३ र २६ वर्षका स्टाफ नर्स, २७ र ३६ वर्षका महिला सहयोगी कर्मचारी तथा पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरुष रहेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी तनहुँका व्यासका २७, ३६ र ४७ वर्षका पुरुष, गोरखा पालुङटारका २७ वर्षीय पुरुष तथा ६५ वर्षीया महिला, गोरखा नगरपालिकाका ९ वर्षीय बालकदेखि ५६ वर्ष उमेर समुहका ९ पुरुष तथा ४ वर्षीया बालिका देखि ४० वर्ष उमेर समूहका ७ महिला, नवलपुर देवचुली र गैंडाकोटका १५ वर्षीय बालकदेखि ५० वर्ष उमेर समुहका ११ पुरुष तथा २१, २८, ३१, र ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
नवलपुर १२ का ४० वर्षीय संक्रमित पुरुष स्वास्थ्यकर्मी रहेको निर्देशनालयले उल्लेख गरेको छ । निर्देशनालयले अन्य सबै व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको बताएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।
गण्डकी प्रदेशमा १ हजार ७ सय ८५ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!