पर्वतका औषधि पसलको प्रशासनद्धारा अनुगमन, मास्क र स्यानीटाईजर पर्याप्त - News site from Nepal

पर्वत- कोरोना भाइरस रोकथम गर्न नेपाल सरकारले मास्क र स्यानीटाईजरलाई अनिवार्य गरेको छ ।
पर्वत जिल्लाका औषधीजन्य व्यवसायहरु मात्रै मास्क १० हजार प्रति र स्नेटराइजर एक हजार लिटर स्टकमा रहेको पाइएको हो । जिल्ला प्रसासन कार्यालयले आज गरेको अनुगनमा औषधीजन्य व्यवसायहरुमा यस्तो भेटियो भने अन्य कपडा पसल,किरना पसल,तरकारी पसलमा समेत ठूलो मात्रमा स्वास्थ्यउपकरणहरु पाइएकाले अभाव नरहेको निश्कर्ष निकालेको छ ।
अनुगमनको निश्कर्ष निकाल्दै प्रसासकिय अधिकृत घनश्याम गौतमले स्वास्थ्य उपकरणहरुको व्यवस्थापन गर्न यहाँका सवै व्यवसायीहरु जुटन आवश्यक रहेको औंलाउनुभयो । जिल्ला सुरक्षा तथा सिसिएमसीले मास्क नलाई हिँडनेलाई कार्वाही गर्न थाले पछि नागरीकहरुमा सचेतना वढेको पाइएको छ ।
प्रसासनले तत्काल यसको खुद्रा विक्रिमा एकरुपता पाइएको बताएको छ । जिल्लाका ग्रामीण क्षेत्रहरुमा स्वास्थ्य उपकरणको कारोवार गर्दा बिक्रि मुल्य एकै किसिमको गर्न अनुरोध गरेको छ । कोरोना भाइरस अहिले समूदायस्तरमा देखिन थालेका कारण सवैलाई स्वास्थ्य सचेतना अपनाउन पनि अनुरोध गरेको छ । अनुगमनमा प्रसासन,कुस्मा नगरपालिका,उद्योग बाणिज्य संघ र पत्रकार माहसंघका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!