पर्वतमा पनि मास्क अनिवार्य, नलगाउनेलाई काबार्ही - News site from Nepal
पर्वतमा पनि मास्क अनिवार्य, नलगाउनेलाई काबार्ही

पर्वत –  पर्वत जिल्लामा पनि मास्क नलगाई घर बाहिर निस्कनेहरुलाई कारबाही गरिने भएको छ ।
मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय पर्वतले सुचना जारी गर्दै काबार्ही गर्ने चेतावनी दिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार सुचना जारी गर्दै मास्क नलगाई हिड्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने उल्लेख गरेको छ । कोरोनाको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले यसलाई प्रभाबकारी बनाउन लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनुभयो । उहाँले गृहको निर्णय कार्यान्वयन गराउन जिल्ला मातहतका सम्पूर्ण सुरक्षा निकायलाई निर्देशन दिइसकेको र सञ्चार माध्यम मार्फत जानकारी गराउने काम समेत भएको प्रजिअ रेग्मीले जानकारी दिनुभयो । ‘मास्क लगाएर र भौतिक दुरी कायम गराउँदा पनि नियन्त्रण गर्न धेरै सहयोग पुग्छ’ उहाँले भन्नुभयो ।
गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो। गृह र जिल्ला प्रशासनको निर्देशन संगै प्रहरीले पनि सक्रियता देखाउन थालेको छ । बुधबार देखि प्रहरीले सम्झाउने र अटेर गर्नेलाई पक्राउ गरेर काबार्ही गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो । ‘पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरिन्छ’ उहाँले भन्नुभयो ‘अटेर गरेर मास्क नलाई घर बाहिर निस्किएको पाए जो कोहीलाई पनि काबार्ही हुन्छ।’

जिल्ला प्रशासन कार्यालय पर्वतले न्युनतम २ मिटरको दुरी कायम गर्न, भीडभाड नगर्न, साबुन पानी तथा स्यानिटाईजरले पटक पटक हात धुन अनुरोध गरेको छ। पर्वत जिल्लामा भित्रीने र जिल्लाबाट बाहिर जाने सवारी साधनले अनिवार्य रुपमा पास लिन र पासमा उल्लेख भएका ब्यक्ति बाहेक अन्यलाई यात्रा नगराउन समेत अनुरोध गरेको छ । कार्यालयको अनुरोध अवज्ञा गर्ने सबैलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!