प्रमुख समाचार

पर्वतको महाशीलामा पनि हात्तिपाईले विरुद्धको औषधी खुवाउने अभियानको तयारी तीब्र

By लोकतन्त्र अनलाईन

February 07, 2020

पर्बत –  महाशिला गाउँपालिका लुङ्खु प्रथामिक स्वास्थ्य केन्द्रको आयोजनामा एक दिने हात्तीपाइले रोग विरुद्ध तथा औषधि सेवन अभियान अन्तर्गत वडा स्तरीय अन्तरक्रिया गोष्ठी शुक्रबार महाशिला ५ लुङ्खुमा सम्पन्न भएको छ । महाशिला गाउँपालिकाका प्रबक्तmा तथा सोहि वडाका वडा अध्यक्ष जिवन बिक्रम उचै ठकुरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।अन्तरक्रिया कार्यक्र्रमको सहजीकरण डाक्टर राजन चौलागाईंले गर्नुभएको थियो भने महाशिला गाउँपालिकाका स्वास्थ संयोजक नर बहादुर बरालले औषधि सेवन सम्बन्धी बिभिन्न तरीकाहरुको बारेमा जानकारी गराउु भएको थियो । कार्यक्रममा महेन्द्र ज्योति माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एक बहादुर हमाल र नेकपाका टीकु मल्ल लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा लगातार ६ पटक सम्म औषधी सेवन गर्नुपर्ने र दुई वर्ष मुनिका बालबालिका र गर्भवतीले हात्ती पाइले रोग विरुद्धको औषधी सेवन गर्न नहुने कुराको जानकारी गराइएको थियो । भोली शनिवार माघ २५ गते देखि ११ औ पटक पर्बतमा यो अभियान सञ्चालन गर्न लागिएको हो ।