पर्वतको पकुवामा सामाजिक अपराध न्युनीकरण सम्बन्धी अन्तकृया सम्पन्न - News site from Nepal

पर्वत/ समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कुस्मा नगरपालिका वडा नं ११ पकुवामा सामाजिक अपराध न्युनीकरण सम्बन्धी जनचेतनामुलक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका वडा नं. ११ को आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्वत, सामुदायिक सेवा केन्द्र कुश्मा तथा श्री विरेन्द्र मा.वि.को सहकार्यमा समुदाय र बिद्यार्थीहरुका बिचमा न्य अन्तरक्रियात्मक सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मदिरा नियन्त्रण, सामाजिक अपराध न्यूनीकरण तथा अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल भएको थियो । मदिरा सेवनका कारण सबैभन्दा बढी समाजमा अपराधिक घटना हुने गरेकोले अबैध रुपमा र अब्यबस्थित रुपमा मदिरा बिक्री बितरण तथा उत्पादन गर्ने कुरालाई नियन्त्रण गर्न आग्रह पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले घरेलु हिंसा, सामजिक अपराध र आत्महत्याका घटनाहरु बढ्दा गएको तर्फ सचेत गराउँदै समाजको शान्ति सुरक्षामा खलल पु¥याउने लैङ्गीक हिंसा न्यूनीकरण गर्नका लागी घर–घरबाट अभियान शुरु गर्न आब्हान गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सामाजिक अपराधले समाजमा पर्न गएको असर र यस किसिमका अपराधहरु न्यूनीकरण गर्न समाजमा रहेका प्रत्येक व्यक्तिहरुको अ– आफ्नै विशेष भुमिका हुने बताउँदै विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दा सजग हुन सुझाब दिनुभयो । जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमले आत्महत्या गर्नुपर्ने कारण र यसबाट कसरी बच्न सकिन्छ भनेर प्रशिक्षण दिनुभएको थियो ।

कुश्मा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनी, कुस्मा नगरपालिका वडा नं २ का वडा अध्यक्ष यदुनाथ बास्तोला, नेकपा जिल्ला सदस्य भीमबहादुर नेपाली, सामुदायिक सेवा केन्द्र कुश्माका निवर्तमान अध्यक्ष मानकुमारी गिरी, बिरेन्द्र माबि विद्यालयका व्यवस्थापन समिती अध्यक्ष रमेश मल्ल लगायतले मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!