नेपाल नीजामति कर्मचारी संगठन पर्वतको अध्यक्षमा तेजप्रसाद सुवेदी - News site from Nepal

पर्वत – नेपाल नीजामति कर्मचारी संगठन पर्वतको अध्यक्ष पदमा तेजप्रसाद सुवेदी चयन भएका छन । सोमबार पर्वतको कुश्मामा भएको भेलाले रिक्त रहेका पदहरुमा पदपूर्ति सहित नयाँ कार्य समितिको गठन गरेको हो ।

संगठनको उपाध्यक्षमा देवीप्रसाद पौडेल र महिला उपाध्यक्षमा राधा कुमारी शर्मा र सचिव पदमा गौरब दास वैरागी सह सचिवमा सुनिल थापा तथा कोषाध्यक्षमा पाराश्वर शर्मा चयन भएका छन ।

यसैगरी समितिको सदस्यमा रुपा सार्की, जगत नेपाली, तोयानाथ शर्मा, कविन्द्र रेग्मी सुजन बहादुर थापा, अमृत तिवारी, कमल पोडेल, प्रविण भण्डारी, यामनाथ पौडेल दिपक सुवेदी, यामप्रसाद शर्मा पौडेल, दुर्गाप्रसाद शर्मा, नारायण ढकाल, बालकृण्ण घिमिरे र सुदिप पुन चयन भएका छन ।

संगठनका अध्यक्ष लगाएतका पदहरु रिक्त भए पछि ति पदरुमा पदपूर्ति गरिएको हो । संगठनले केहि महिना भित्र नै अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने गरी यो समिति निर्माण गरिएको संगठनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!