नेपालमा एक हजार ९६ मा कोरोना पुष्टि, १७ सय ५२ जना निको - News site from Nepal
नेपालमा एक हजार ९६ मा कोरोना पुष्टि, १७ सय ५२ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आइतबार थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने १३ हजार ५ सय २२ छ।
त्यस्तै, थप १७ सय ५२ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ । कोरोनामुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय पाँच पुगेको छ।
पछिल्लो २४ घण्टामा विभिन्‍न प्रयोगशालामा ६ हजार ४ सय ९५ पिसिआर परीक्षण भएको छ। हालसम्म पिसिआर परीक्षणको संख्या १७ लाख ८४ हजार ५ सय १९ पुगेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!