नेकपा स्थायी कमिटी बैठक – केन्द्रीय कमिटी पुस ५ सम्मलाई सारियो - News site from Nepal

काठमाडौं : पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेपका स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ।

आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक सकिएपछि नेताहरु निस्किन थालेका छन्।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा कार्यकारी अध्यक्ष दाहालले मात्रै सम्बोधन गरेका छन्। उनले बैठकमा बोल्दै पार्टीमा देखिएको अहिलेको संकटलाई सकारात्मक दिशातर्फ लैजाने गरी छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको धारणा राखेका थिए।

आजको बैठकपछि दुई अध्यक्षको प्रस्ताव र अन्य पत्र अध्ययनका लागि स्थायी कमिटी सदस्यलाई ७ दिनको म्याद दिइएको छ। श्रेष्ठका अनुसार अर्को बैठक मंसिर २८ गते दिउँसो १ बजे बस्‍ने भएको छ। यससँगै मंसिर २५ गते बस्‍ने भनिएको केन्द्रीय कमिटी बैठक पनि पुस ५ गतेसम्मलाई सरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!