गाई मारेको अभियोगमा छ बर्ष जेल सजाय तोकिएका पर्वतको रानीपानीका परियार पक्राउ - News site from Nepal

पर्वत –  गाई मारेको अभियोगमा ६ बर्ष जेल सजाय तोकिएका फरार प्रतिबादीलाई पर्वत प्रहरीले मंगलबार पक्राउ गरेको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं ३ का ३८ बर्षिय बिकास परियारलाई प्रहरीले पक्रेको हो ।
पुनरावेदन अदालत बागलुङको २०७० भदौ १७ मा परियारलाई ६ बर्ष कैदको फैसला गरेको थियो । परियारलाई घरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।
परियारलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको छ । पर्वत प्रहरीले भदौको अन्तिम साता देखि फरार प्रतिबादी पक्राउ गर्ने अभियान चलाएको छ। अहिले सम्म २० जना भन्दा बढी बिभिन्न मुद्दामा सजाय पाएका फरार प्रतिबादीहरु पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!