पर्वतको जलजला गाउँपालिकाको ४१ करोड ६१ लाख रुपैयाको बजेट पारित - News site from Nepal

पर्वत- पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पारित गरिएको छ ।
आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो ।
गाउँपालिकाले संघीय सरकारवाट र प्रदेश सरकारवाट प्राप्त हुने ३८ करोड, ३३ लाख ८९ हजार चार सय ३० र आन्तरिक आम्दानी समावेश गरी बजेटको खाका तयार गरेको हो ।
आगामी आर्थिक वर्षमा जलजलामा संघीय सरकारवाट कुल अनुदान रकम ३५ करोड, ७९ लाख ४६ हजार ४ सय ३० र प्रदेश सरकारकोृ २ करोढ ५४ लाख ४३ हजार रुपैया गरी ३८ करोड ३३ लाख ८९ हजार चार सय ३० रुपैयाको बजेट प्राप्त हुने भएको छ ।
जलजलाले आन्तरिक कर, शुल्क, दस्तुर र मौज्दात समेत गरी आगामी आर्थिक वर्षमा ३ करोड २९ लाख ३५ हजार ५ सय ७० रुपैया आन्तरिक आम्दानी हुने प्रक्षेपण समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
यसैबीच बजेटमा आफ्ना मागहरु नसमेटिएको भन्दै नेकपा सम्वद्ध जनप्रतिनिधिहरुले भने बजेटको बिरोध जनाएका थिए । सहमति नगरी एकलौटी ढंगले बजेट ल्याईएको उनिहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!