पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला - News site from Nepal
पर्वतको महाशीलामा एक व्यक्ति मृत अवस्थामा फेला

पर्वत-  पर्वतको महाशीलामा शनिवार विहान एक व्यक्ति मृत अवस्थामा  फेला परेका छन् । शनिबार विहान ७ बजेतिर महाशिला गाउँपालिका-४ धुँवाकोट स्थित लुङ्खु-पोखरा जाने मोटरबाटोमा सोही ठाउँ निवासी ४५ वर्षीय बल बहादुर क्षेत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
क्षेत्रीको शव मोटर बाटोको छेउमा घोप्टो परेको अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा ल्याईएको लुंखुदेउरालीका वडा अध्यक्ष जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari