पर्वत- भारतबाट पर्वत फर्केकाहरु सहित थप ८२ जनाको थ्रोड स्वाब संकल नगरिएको छ । भारतबाट पर्वतमा आइ क्वारेन्टाइनमा बसेका ७९ जना, अस्पतालमा उपचाररगत १ जना विरामी र स्वास्थ्यकर्मी २ जना गरी ८२ जनाको स्वाब संकलन गरिएको हो ।
पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार क्वारेन्टाइनमा बसेकाहरु जिल्लामा आएको ५ दिन पुगेपछि उनीहरुको स्वाव संकलन गरिएको हो । संक्रमण शरीरमा फैलन ५ देखि ७ दिन लाग्ने भएका कारण भारतबाट फर्केको ५ दिनको दिनमा स्वाब संकलन गरिएको जानकारी दिए । पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारका विभिन्न क्वारेन्टाइनहरुमा बसेका उनीहरुको स्वाब संकलन गरिएको हो ।
स्वाव परिक्षणका लागि पोखरा स्थित क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको छ । स्वाब संकलन गरिएकाहरुमा १४ जना महिला र ६५ जना पुरुष रहेका छन । उनीहरु भारतका विभिन्न ठाउँबाट गृह जिल्ला पर्वत आएका हुन । उनीहरुको रिर्पोट आउन भने समय लाग्ने देखिन्छ । प्रयोगशालामा धेरै संख्यामा नमुनाहरु होल्डमा बसेका कारण कम्तिमा ३ दिन भित्र उनीहरुको रिर्पोट आउन समय लाग्नेछ ।
क्वारेन्टाइनमा अझै धेरै मानिसहरु बसीरहेको र अझै धेरै मानिसहरु जिल्लामा आउने क्रममा रहेका कारण क्वारेन्टाइनमा बस्नेको संख्या अझै बढ्ने र वेड संख्याको अभाव हुने देखिन्छ ।