पर्वतमा लक डाउनमा कडाई – मर्निङ्ग र इभिनिङ्ग वाल्क पनि बन्द - News site from Nepal
पर्वतमा लक डाउनमा कडाई – मर्निङ्ग र इभिनिङ्ग वाल्क पनि बन्द

पर्वत / जिल्ला प्रशासन कार्यालयले पर्वतमा लक डाउनलाई कडाई गर्न थालेको छ ।

कार्यालयले सोमबार सुचना प्रकाशित गर्दै सडकमा अनावश्यक रुपमा हिड्डुल नगर्न सचेत गराएको छ ।
कार्यालयले लक डाउनको अबधीमा पनि बिहान र साँझ पख हिड्ने क्रम बढेकोले मर्निङ्ग र इभिनिङ्ग वाल्कमा समेत रोक लगाएको छ । दिउँसो र साँझ बिहान समेत सडकमा हिड्नेहरुलाई प्रहरीले पक्राउ गर्ने भएको छ ।
कार्यालयले बिदेशबाट चैत्र महिना यता आएका मानिसहरु पनि घरमै क्वारेन्टाईनमा नबसी छिमेक र गाउँघरमा हिड्डुल गरेको, भलिबल खेल्ने, समुह बनाएर एक्लै हिड्ने गरेको पाइएकोले नजिकको स्थानिय तह र प्रहरीलाई खबर गर्न अनुरोध समेत गरेकोे छ। यसरी हिडेको पाइएमा प्रचलित कानुन अनुसार काबार्ही गर्ने सुचनामा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!