पर्वतमा आजदेखि अन्तरपालिका आवागमनमा कडाई, विरामी रिसिभ गर्न छुट्टै बन्यो टिम - News site from Nepal

पर्वत-  बागलुङ्गमा कोरोना संक्रमित भएको पुष्टि भएकी युवतीलाई अस्पतालमा भर्ना गर्न महाभारतको युद्ध जितेको अनुभव गर्न प¥यो भने अर्की संक्रमित महिलालाई लिन जाने एम्बुलेन्सका चालक नै फरार भए ।

एम्बुलेन्सका चालक फरार भएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखले आप्नो कार्यालयका चालक सहित एम्बुलेन्स लिएर बिरामी लिन जानु प¥यो ।
कोरोना भाईरसको माहामारीको राम्रो तयारी नभएका कारण दुई जना संक्रमित भेटिएको बागलुङ्ग जिल्लाले बिरामीको उपचार देखि माहामारीको रोकथामका लागि पर्याप्त सर्तकता अपनाउन नसकेको बेला पर्वतमा भने तयारीलाई प्रभाबकारी बनाउँदै लगिएको छ । तयारीलाई चुस्त बनाउने क्रममा आइतबार भएको कमाण्ड पोष्टको बैठकले जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको स्थापना गरेको छ भने संक्रमण पुष्टि भएका बिरामी र आइसोलेसनमा राख्नुपर्ने संकास्पद लक्षण भएका ब्यक्तिलाई लिन जानकालागि बिरामी उद्दार टिम(पिआरटी) समेत गठन गरेको छ ।
क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको छ । यस अघि प्रजिअको कमाण्डमा रहेको कमाण्डपोष्टमा जिल्ला समन्वय अधिकारीलाई समाबेश गरेर समिति बनाइएको छ । सेन्टरले जिल्लाको समग्र शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा तथा आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कोराना भाइरसको संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि काम गर्ने प्रजिअ कल्पना घिमिरे नेपालले बताउनुभयो । ‘बैठकले नेपाल सरकार र गण्डकी प्रदेश सरकारका निर्णय तथा निर्देशनलाई समय सापेक्ष रुपमा कार्यान्वयन गर्ने कार्य जिम्मेवारी लिएको छ ।’
सेन्टर अन्र्तगत सुरक्षा सम्बन्धी कार्यहरु जिल्लास्थित सुरक्षा निकाय, स्वास्थ्य सेवासँग सम्बन्धित कार्य डा. शिशिर देवकोटा, पालिकास्तरको सिएमसी सम्बन्धी कार्य डा. भोजराज गौतम र जिल्ला समन्वय अधिकारीबाट गर्ने र निजी क्षेत्रसँग समन्वय गरी स्वास्थ्य उपकरण, औषधी र आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्ने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मालाई तोकिएको
यस्तै कोरोनाको संक्रमण पुष्टि भएका बिरामी तथा संक्रमणको आशंका गरिएकालाई आइसोलेसन र अस्पताल सम्म ल्याउन पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटा समेत रहेको दुई वटा बिरामी उद्दार गर्ने टिम(प्यासेन्ट रिसिभीङ्ग टिम’ गठन भएको छ । यो टिमले कोरोनाको आशंका गरिएका विरामीहरुलाई आवश्यकता अनुसार कोरोना अस्थायी अस्पतालमा पु¥याउने कार्य गर्दछ ।
कमाण्डपोष्टको बैठकले सोमबार देखि जिल्ला तथा अन्तरपालिकामा सवारी साधन तथा व्यक्तिको आवागमनमा थप कडाइ गर्ने भएको निर्णय गरको छ भने पालिकास्तरका सिएमसीहरुले दैनिक प्रतिबेदन पठाउन पत्रचार गर्ने निर्णय समेत गरेको छ ।
यस अघि जिल्लाका सबै पालिकाहरुको अनुगमन गरेपश्चात केन्द्रले पालिकास्तरमा रहेका क्वारेन्टाइनहरुको मापदण्ड अनुसार सञ्चालन तथा व्यवस्थापन गर्न र राहत वितरणलाई प्रत्येक पालिकाले कार्यविधि बनाई एकद्वार प्रणाली मार्फत आवश्यकता अनुसार खाद्य बैंक समेत स्थापना गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!