कोरोनाको असर बजारमा : चीनतर्फको आयात ‘बुकिङ’ ह्वात्तै घट्यो - News site from Nepal
कोरोनाको असर बजारमा : चीनतर्फको आयात ‘बुकिङ’ ह्वात्तै घट्यो

काठमाडौं-  कोरोना भाइरस (कोड–१९) का कारण चीनसँगको व्यापार प्रभावित भएको व्यवसायीले बताएका छन् ।

चीनबाट आयात हुने मालसामानको ‘बुकिङ’ ह्वात्तै घटेको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानीले बताए ।

जनवरीयता चीनबाट मालवस्तु मगाउन कुनै पनि नयाँ कन्साइन्मेन्ट ‘अर्डर’ नआएको यस लजेस्टिकका सञ्चालकसमेत रहेका टेमानीले जानकारी दिए ।

उनका अनुसार चीनमा कोरोना भाइरस फैलिएयता चीनबाट आयात हुने मालवस्तुको ‘बुकिङ’ ७५ प्रतिशतले घटेको छ । वैदेशिक व्यापार परिमाणका आधारमा चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार हो ।

चीनबाट औद्योगिक उपकरण, कच्चा पदार्थ, जुत्ताचप्पल, विद्युतीय सामान, दूरसञ्चार उपकरण, औषधि र यसका उपकरण, ब्याग, कपडा, खेलौनादेखि दैनिक उपभोग्य वस्तुको आयात हुन्छ ।

कोरोना संक्रमण महामारीका रूपमा फैलिएयता चीनबाट मालवस्तु मगाउन एउटा पनि नयाँ ‘डकुमेन्ट’ नआएको नेपाल फ्रेट फर्वार्डर्स एशोसिएशनका पूर्वअध्यक्ष राजन शर्माले बताए ।

‘कोरोना फैलिएपछि चीनका लागि कुनै पनि नयाँ डकुमेन्ट आएको छैन । अहिले पुरानै अर्डरको काममात्र भइरहेको छ,’ शर्माले आर्थिक अभियानसित भने । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!