प्रमुख समाचार

पर्वतको पाङ्गराङ्गमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान

By लोकतन्त्र अनलाईन

January 06, 2020

पर्वत– पर्वतको फलेवास नगरपालिका वडा नं. ११ मा विभिन्न क्षेत्रमा योगदान पु¥याउने २८ जनालाई सम्मान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फलेवास नगरपलिका वडा नं. ११ पाङ्गराङ्ग र अखिल नेपाल प्रबासि युवा संघ पाङ्गराङको आयोजनामा भएको कार्यक्रममा बाम प्रजातान्त्रिक आन्दोलन प्रति योगदान पु¥याउने गणेश कुँवर लगायत २८ जनालाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा पर्बत जिल्ला इन्चार्ज गुप्त बहादुर हमालले परिबर्तनका लागी दिनरात नभनि अहोरात्र खटेर सम्मानित हुनु भएका सबैलाई बधाई दिंँदै सम्मानित हुनेहरुको योगदान साच्चै नै प्रसंशा गर्न योग्य रहेको बताउनुभयो। परिबर्तनका लागी गरेको योगदानको कदर गरेर पार्टीले गरेको सम्मानले सबैलाई उर्जा सङ्गै सहास थपेको हमालको भनाई छ । हमालले नेकपाको सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक बनाउन आफ्नो ज्यानको आहुति राखेर परिबर्तनको लागी लड्ने योद्धाहरु सङ्गै पार्टी नेतृत्व र सरकार लागी रहेको बताउनुभयो । हमालले देशको राजनितिक परिबर्तनमा जुन रुप र भुमिकाले लागियो त्यसरि नै समृद्ध नेपाल बनाउन पनि आफु सङ्गै सिङ्गो नेकपा लाग्ने बताउनुभयो । कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा पर्वतका सचिब सुदिप कुँवर, कार्यलय सदस्य भक्त कुँवर लगायतले सम्मानीत गर्ने संगठन र वडा कमिटी फलेवास ११ पाङ्ग्ररााङलाई धन्यबाद दिनु भएको थियो । सोहि अबसरमा कलाकार जीबन शर्मा र सरस्वती लामिछानेले साङ्गितिक प्रस्तुति राख्नुभएको थियो । राजेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिपक भट्टराईले गर्नुभएको थियो ।