कुश्मा नगरपालिकाको विकास पर्वतकै उत्कृष्ट छ ः युवा नेता पौडेल - News site from Nepal

पर्वत– पाँच बर्ष भित्र वडालाई नगरकै सम्पनशाली वडा बनाउने कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवाका वडा अध्यक्ष शिव शर्मा पौडेलले बताउनुभएको छ । पन्चासे एफएमको नियमित कार्यक्रम टि टाईमको समसामयीक बिषयमा कुराकानी गर्दै उहाले यस्तो बताउनुभएको हो ।
अहिले पनि नगरपालिका भित्र रहेका १४ वडाहरु मध्ये कुश्मा नगरपालिका वडा नम्बर ११ एक कदम अगाडि रहेको भन्दै अबका २ बर्षमा वडाको समग्र बिकास सँगै वडालाई अब्बल बनाउने उहाको भनाई थियो । अहिले वडाको बिकासको लागि बिकास निमार्ण सँगै बिभिन्न कार्यक्रमहरु समेत अगाडि बढेको उहाले बताउनुभयो । मोटरबाटो, शिक्षा, स्बास्थ, खानेपानि लगायतका कामहरु वडामा धमाधम भईरहेको भन्दै अब वडाबासि यि सबै सेबाबाट बञ्चीत हुन नपर्ने कुरामा उहाले जोड दिनुभयो ।
फरक प्रसंगमा कुश्मा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक समेत रहेका पौडेलले कुश्मा नगरपालिका पर्बतमा रहेका अन्य स्थानिय तहहरु भन्दा फरक ढंगबाट बिकास निमार्णका कामहरुलाई अगाडि बढाउँदै हिडेको बताउनुभयोे । उहाले नगरपालिकाले केहि गरेन भनेर बाहिर प्रचार प्रसार गरि अपवाह फैलाएपनि कुश्मा नगरपालिका अन्य पालिका भन्दा बिकास निमाणर््मा धेरै फड्को मारेको उहाको दाबि थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!