पर्वतको तिलाहारमा ट्याक्टर दुर्घटना, सहचालक युवाको मृत्यु - News site from Nepal

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टका सहचालक एक युवाको घटनास्थलमै मृत्यु भएको छ ।
मोदी गाउँपालिकाको वडा नं. ७ राम्जादेउरालीवाट वडा नं. २ देउपुर तर्फ आउँदै गरृेको ग. १ त. ६२७९ नम्बरको खाली ट्याक्टर अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका वडा नं. ५ बाजुङका सहचालक २१ वर्षिय युवा विजय नेपालीको मृत्यु भएको हो । अन्दाजी १२ मिटर तल खसेको ट्याक्टरले किचेर नेपालीको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले ट्रयाक्टरका चालक मोदी गाउँपालीका वडा नं. २ बस्ने सन्तोष बि.क. लाई नियन्त्रणमा लिई थप अनुसान्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!