पर्वतमा बलात्कारको शिकार भएकी १५ बर्षिया वालिकाको गर्भमा छ महिनाको बच्चा - News site from Nepal

पर्वत- पर्वतको कुस्माबजारमा १५ बर्षिया बालिका बलात्कृत भएृको घटना ७ महिनापछि बाहिर आएको छ ।
पर्वतको कुस्माबजारमा सामान बिक्रीको काम गर्दै आएका एक युवाले गएको पौषमा बालत्कार गरेपनि पिडीतले असारको तेस्रो साता मात्र प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । बलात्कृत बालिका गर्भवती समेत रहेकी छन ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिका वडा नं ८ बस्ने २१ बर्षिय टेकबहादुर श्रेष्ठलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्रेको छ । फेसबुकबाट चिनजान भएकी बालिकालाई बिबाहको प्रलोभनमा पारेर श्रेष्ठले पौष २ गते कुस्माबजारमा रहेको आफ्नो कोठामा बलत्कार गरेको पिडितले बताएकी छन । पिडीतले असार १९ गते प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्रेको थियो । आरोपित श्रेष्ठ कुस्मा नगरपालिका वडा नं ५ मा बस्दै आएका छन ।
बिबाहको प्रलोभनमा परि बलात्कृत भएकी बालिकाको गर्भमा ६ महिनाको गर्भ रहेको पाइएको छ । बलात्कारको आरोप लागेका श्रेष्ठलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari