लायन्सकलव अफ पर्वत चौतारीको पदभार हस्तान्तरण - News site from Nepal
लायन्सकलव अफ पर्वत चौतारीको पदभार हस्तान्तरण

पर्वत – लायन्स कलव अफ पर्वत चौतारीको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
पर्यटकीय सुचना केन्द्रको सभाहलमा कलवका वर्ष १९/२० का अध्यक्ष टंकनाथ लामीछानेको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रक डिपाटमेन्ट अफीसर तथा कलवका सस्थापक अध्यक्ष परशुराम पुरी रहनुभएको थियो ।
पुरीले कलवले गरेका मानिविय सहयोग तथा सामाजिक गतिविधीको प्रशंसा गर्दै यस वर्ष अझैउत्कृष्ट कार्यसम्पादन गर्न सुझाव दिनुभएको थियो । कार्यक्रमा डिष्ट्रक पिआरओ पुरुषोत्तम आचार्य डिस्टीक चियर प्रसन इश्वरी पाठक लगाएतले वोल्नु भएको थियो ।
आगामी वर्षकालागी र्निवाचित अध्यक्ष र्निमल प्रधान ले आगामि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन राजेश पौडेल तथा वलवहादुर पाठले गर्नुभएको थियो ।
कार्यक्रममा कलव तथा डिष्ट्रीक पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari