नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो - News site from Nepal

काठमाडौं- नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ । जसमध्य १९५ जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २९ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २९ सय १२ पुगेको जानकारी दिएका हुन् ।
नेपालका ६८ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । डा देवकोटाका अनुसार पछिल्लो २४ घण्टाम ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३३३ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!