कुश्मा नगरवासीहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्छु : उपमेयर लामिछाने - News site from Nepal

पर्वत– पर्वतको कुश्मा नगरपालिकाकाकी उपप्रमुख सिता काफ्ले लामिछानेले नगरवासिहरुलाई निष्पक्ष रुपमा न्याय सम्पादन गर्ने बताउनुभएको छ ।
तीन वर्ष पछि गठन भएको न्यायिक समितिले अहिलेसम्म थाति रहेका र आगामी दिनमा पनि आउने उजुरीहरुमा यो पक्ष र उ पक्ष नभनीकन न्यायधिशको भूमिकामा न्याय सम्पादन गर्ने बताउनुभयो ।
न्यायिक समिति बनेपछि पत्रकार सम्मेलन गर्दै उपप्रमुख लामिछानेले विगतदेखि पहल गर्दै आएपनि न्यायिक समिति गठन गर्न सम्भव नभएको भन्दै अहिले अदालतको आदेशपछि जनप्रतिनिधिहरु सक्रिय भएर लागेको बताउनुभयो । उहाँले संविधानले नै व्यवस्था गरेको न्यायिक समिति लामो समय सम्म नबन्नु दुःखद भएको बताउँदै ढिलै भएपनि गठन भएको र अबको दुई वर्ष नगरवासीहरुका हरेक समस्याहरुलाई निष्पक्ष रुपमा समाधान गर्न पहल गर्ने बताउनुभयो । उहाँले जुनसुकै घटनामा पनि पक्ष विपक्षलाई अन्याय नहुने किसीमले किनारा लगाउने प्रतिवद्धता गर्नुभयो ।
बुधवार सम्पन्न पाँचौ नगर सभाले न्यायिक समितिलाई पुर्णता दिएको हो । न्यायिक समितिमा नेकपावाट निर्वाचित तेजप्रसाद पाध्या र देवेन्द्र नेपाली रहनुभएको छ ।
कार्यक्रममा समितिका सदस्य तेजप्रसाद पाध्याले नगरवासीहरुलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष भएर न्यायिक सेवा प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो ।
पर्वतका कानून व्यावसायि अधिवक्ता रामचन्द्र शर्माले उच्च अदालतमा न्यायिक समिति गठन गर्न माग गर्दै रिट हालेपछि लामो समयदेखि अल्झिएको गाँठो फुस्कीएको हो । पत्रकार सम्मेलनमा अधिवक्ता शर्माले संविधानले नै उल्लेख गरेको न्यायिक समिति लामो समय नबन्दा संघीयता र संविधानमाथिनै प्रश्न उठ्ने देखेपछि आफु अदालत गएको बताउनुभयो । आफुले रिट हालेपछि समितिले पुर्णता पाएको खुसी व्यक्त गर्दै नगरवासीहरुले आवश्यक सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!