कोरोना त्रास : कूटनीतिक नियोगका पूर्व निर्धारित कार्यक्रमहरु धमाधम रद्द - News site from Nepal

काठमाडौं – कोरोना भाइरसको उच्च जोखिमसँगै कूटनीतिक नियोगहरूले पूर्व निर्धारित कार्यक्रम रद्द गर्न थालेका छन् ।

सरकारले गत आइतबार सभा, सम्मेलनलगायतका कुनै कार्यक्रम नगर्न आग्रह गरेपछि नेपालस्थित कूटनीतिक नियोगहरूले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेका छन् ।

अमेरिकी दूतावासले २४४औं स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रम र कतारले चन्द्रगिरिमा आइतबार गर्ने भनिएको फुड फेस्टिबल रद्द गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका कूटनीतिज्ञलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नहुन यसअघि नै आग्रह गरिसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनको छिमेकी मुलुक भएकाले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको छ । यस्तै उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने गरी कार्यक्रम नगर्न सार्वजनिक आग्रह गरेको छ ।

कोरोना भाइरसको संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले यस्तो आग्रह गरेको हो । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!