पर्वत/ गुडीरहेको ट्याक्टरबाट खसेर पर्वतको मालढुङ्गा बेनी सडक खण्डमा एक जना सहचालकको बुधबार मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका – ७ मिलनचोकमा ट्याक्टरबाट खसेका बागलुङ्ग जिल्ला घर भएका १९ बर्षिय उत्सब थापाको मृत्यु भएको हो।
पर्वतको मालढुङ्गाबाट बेनी तर्फ ईटा लिएर जादै गरेको ध १ त २४२ नम्बरको ट्याक्टरबाट अचालक खसेका थापालाई उपचारका लागि म्यादी अस्पताल लगिएको थियो ।
अस्पतालले उनलाई मृत घोषित गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।
घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।