लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
कोरोनाको त्रास : ३०० शय्याको छुट्टै अस्पताल बनाउँदै सरकार - News site from Nepal

काठमाडौं : सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी ३०० शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ।
प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका समाचार राजधानी दैनिकमा छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए।
उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए।
सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!