
पर्वत- कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा लैङ्गिक हिंसा न्युनीकरण विषयमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त आइतबार जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना तथा समुदायिक सेवा केन्द्र कुश्माको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले समाजमा सदैव शान्ति स्थापना बनाई राख्न समाजमा रहने सबै व्यक्तीहरु नै जिम्मेवार हुनुपर्ने कुरामा जोड दिए । उनले समाजमा रहेका विकृति विसंगति हटाई समाजमा अमनचयनको वातावरण बनाउनु नागरीककै पहिलो दायित्व रहेको बताए । नेपाल प्रहरी पनि सोहि उदेश्य परीपुर्तिको लागि सदैव जनताको सेवामा लागिरहेको र आगामी दिनहरुमा पनि निरन्तर रुपमा जनताकै सेवामा लागि पर्ने कुरामा विश्विस्त रहन उहाले आग्रह गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लैङ्गिक हिंसाले समाजमा पर्न गएको असर र यस सम्बन्धित प्रचलित ऐन, नियमका बारेमा प्रष्ट पार्दै यसले समाजमा उत्पन्न हुने अधिकांश अपराधजन्य क्रियाकलापहरु लागु पदार्थ तथा मदिरा सेवनको कारणवाट हुने गरेको बता्ए ।उजले त्यस्ता मदिराजन्य पदार्थहरुको प्रयोगमा वन्देज लगाई मदिरा सेवन गर्ने व्यक्तिहरुले आफ्नो बानी व्यवहार तथा आचारणमा सुधार गर्नुपर्ने कुरामा जोड दिए।

विभिन्न सामाजिक संजालहरुको प्रयोग गर्दा हुन सक्ने आपराधिक घटना प्रति सचेत रहन उहाले सबैलाई आग्रह गएका थिए । कुश्मा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष यदुनाथ बास्तोलाले समाजको विकास गर्न समाजमा रहने हरेक व्यक्ति उत्तिकै जागरुक हुनुपर्ने बताए । उनले स्थानीय तह र प्रहरीसंग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको समेत बताएका थिए।
कार्यक्रममा मदिरा नियन्त्रण, लैङ्गीक हिंसा न्यूनीकरण तथा सुरक्षा सम्बन्धि र अन्य समसामयिक विषयमा देखा परेका समस्या र सुधार गर्नुपर्ने विभिन्न विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रम वडाअध्यक्ष यदुनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।