पर्वतको फलेवास नगरपालिकामा पनि भेटिएन समुदायमा कोरोना, १ सय १५ जनाको रिपोर्ट नेगेटिभ - News site from Nepal

पर्वत- पर्वतको फलेवास नगरपालिकामा पनि समुदायमा कोरोना संक्रमण भेटिएन । फलेवास नगरपालिकाबाट १ सय १५ जनाको स्वाब संकलन गरेर परिक्षणको लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा पठाईएकोमा सवैको रिपोर्ट नेगेटीभ आएको हो । शुक्रवार दिउँसो १ सय १५ जनाकै रिपोर्ट नेगेटीभ आएको सिसिएमसी पर्वतका प्रवक्ता प्रविण भण्डारीले जानकारी दिनुभयो ।
पर्वतमा पछिल्लो समय समुदायमा कोरोना फैलिएको छ कि छैन भनेर समुदायस्तरमै पुगेर परिक्षणलाई तीब्रता दिईएको छ । फलेवास नगरपालिकाको थापाठाना र खानीगाउँमा गरी विभिन्न सरकारी कार्यालय तथा गैह्रसरकारी कार्यालय, वित्तिय संस्था, शिक्षक, सवारी चालक, होटेल तथा पसल संचालक, जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा प्रहरी गरी १ सय १५ जनाको स्वाब संकलन गरिएको हो । सवैको रिपोर्ट नेगेटिभ आएपछि हालसम्मलाई फलेवास नगरपालिका सुरक्षित रहेको पाईएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।
यस अघि पर्वतको पैंयु, विहादी, जजलजला, महाशीला, मोदी गाउँपालिका र कुश्मा नगरपालिकामा पनि समुदायमा कोरोना छ कि छैन भनेर परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।
पर्वतमा हालसम्म समुदायमा कोरोनाको संक्रमण देखिएको छैन । हालसम्म १ सय ९ जना संक्रमित भेटिएकोमा अधिकांस भारतवाट आएका रहेका छन् भने केहि स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको थियो । पर्वतको अस्थायी कोरोना अस्पतालमा हाल जम्मा ६ जना संक्रमित रहेका छन् । उनिहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!