फलेवास नगरपालिकाको वार्षिक प्रगति समिक्षा शुरु, दिगो विकासमा नगरको जोड ः -नगरप्रमुख शर्मा - News site from Nepal

लक्ष्मण बिश्वकर्मा
पर्वत- पर्वतको फलेवास नगरपालिकामा आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रगति प्रस्तुति तथा समिक्षा कार्यक्रम सुरु भएको छ । गत बर्ष संचालन भएका योजनाहरुको प्रगति र आगामी कार्यदिशाका बरेमा छ्लफल गर्नका लागि नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणी शर्माले नगरपालिका स्थापना भएदेखि नै पाइपलाईनको रुपमा विकास निर्माणका कार्यहरू संचालन गरेको बताउनुभयो ।
बजेट कार्यनयनमा जोड दिँदै नगरको गौरवका लागि दिर्घाकालीन दिगो विकासका कार्य संचालन गरेको उहाँले बताउनुभयो । निति, नियम, नियम र प्रक्रिया अनुसार सबै पक्षसँग समन्वय गरेर व्यवस्थित तरिकाले कार्य सम्पादनमा जोड दिएको शर्माले बताउनुभयो ।
नगर उपप्रमुख मन्जु अधिकारीले नगरले उल्लेखनीय कार्यहरू संचालन गरेकोले नै देशभरकै उत्कृष्ट नगरपालिका भएको बताउदै नगरलाई विकास र समृद्धितर्फ लैजान सबैको साथ र सहयोगको आवश्यकता रहने बताउनुभयो । नगरपालिकाले सवै क्षेत्रलाई समेटेर सबै वडाहरुमा आवश्यकता र औचित्यका आधारमा कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले जनतालाई लाभ हुने खालका जनचाहना अनुसारका कार्यमा जोड दिएको अधिकारीले बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल कार्यक्रमको उद्देश्य तथा औचित्यको बरेमा प्रकाश पार्नुभएको थियो । आज पहिलो दिन नगरका ११ वटै वडाका सचिवहरुले वडामा संचालित कार्यहरूको प्रगति प्रस्तुत गर्नुभएको थियो ।
भोलि कार्यक्रममा नगरका शाखा प्रमुखहरुले शाखाबाट सम्पादित कार्यको बारेमा वार्षिक प्रगति प्रस्तुत गर्ने बताइएको छ ।
फलेवास नगरपालिका भित्र गत आ.व. २०७६/०७७मा प्रशासन, योजना, प्रधानमन्त्री रोज़गार कार्यक्रम, पूर्वाधार, पूननिर्माण (भूकम्प), कृषि विकास, पशु सेवा, राजश्व तथा शहकारी, शिक्षा, युवा तथा खेलकूद, स्वास्थ्य, महिला बालवालिका तथा जेष्ठ नागरिक, न्यायीक, उद्योम विकास (उद्योग), पंजिकरण, ग्रिन फलेवास किल्न फलेवास अभियान र लेखा शाखा अन्तर्गत भएका कामको प्रगति र समिक्षा गरिने छ ।
नगरप्रमुख पदमपाणी शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालको स्वागत मन्तव्य र कार्यक्रमको संचालन योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!