पर्वतमा अन्तर जिल्ला जानका लागि सवारी पास बन्द - News site from Nepal
पर्वतमा अन्तर जिल्ला जानका लागि सवारी पास बन्द

पर्वत–विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सोमवार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्ला भन्दा बाहिर जाने सवारी साधनहरुका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमद्धारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसल बाहेक अन्य पसलहरु बन्द गर्नपनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाई समेत गरिएको छ ।
पर्वत लगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिका स्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै ८ हजार भन्दा बढिको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!