पर्वतमा कोरोनाको त्रासबीच किसानहरु खेतीपातीमा व्यस्त - News site from Nepal
पर्वतमा कोरोनाको त्रासबीच किसानहरु खेतीपातीमा व्यस्त

पर्वत-  एकातिर कोरोना भाइरस (कोभिड–१९) को त्रास त छँदै छ, तर गाउँमा भने चहलपहलसँगै किसानहरु खेतीपातीमा व्यस्त छन् । मकै खेती र चैत्रे धानको सिजन भएकाले किसानहरु खेतीपातीमा व्यस्त बनेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले ५६ हजारको मृत्यु हुँदा हामीलाई पनि त्रास नहुने त कुरै भएन तै पनि मकै खेतीको समय भएकाले सुरक्षित रुपमा मकै लगाउन व्यस्त छौं बाग्लुङ जैमिनी नगरपालका–४ की लक्ष्मी पौडेलले भनिन् ‘अर्मपर्म भन्दा पनि घरैघरैका मिलेर मकै लगाएका हौं ।’

गाउँ छाडेर गएकाहरु एकैसाथ फर्किने अवस्था थिएन, कोही विदेश कोही स्वदेशभित्रै रोजगारीमा हुँदा गाउँ शुन्य थियो, अहिले उनीहरुपनि गाउँ फर्केका कारण चहल पहल बढेसँगै खेतीपातीको समय भएकोले गाउँवासीहरु घरगोठको कामधन्दासँगैं खेतीपातीमा व्यस्त भएको कुस्मा नगरपालिका–१० पिपलटारीका सुदर्शन सुवेदीले बताए ।

मकै तथा चैते धान सँगै बर्खे तरकारीको सिजन भएकोले आवश्यक मलबीऊका लागि किसानहरु ज्ञान केन्द्र पर्वतमा आएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीको भनाई छ ।

गाउँघरतिर मानिसहरुको चहलपहलसँगै किसानहरुलाई खेतपातीको चटारो छ । मकै तथा चैते धान सँगै बर्खे तरकारीको सिजन भएकोले आवश्यक मलबीऊका लागि किसानहरु ज्ञान केन्द्र पर्वतमा आएको र सिजनल मल बीऊ सहज रुपमा लगेको रेग्मी बताउँछन् ।

कोरोना भाइरसको त्रासले गाउँ छाडेका प्राय मानिसहरु गाउँ फर्केका छन फलेवास नगरपालिका–४ मुडिकुवाका अर्जुन क्षेत्रीले भने ‘गाउँमा चहल पहल पनि बढेको छ भने सुरक्षित रुपमा खेतीपातीको कामधाम पनि भैरहेको छ ।’
गोपाल जिसी

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2026 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!