
पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहको मानव निर्मित नेपालकै ठुलो ठुलीपोखरीको पुर्ननिर्माण धमाधम भैरहेको छ ।
पोखरीलाई बाह्रैमास पानी भरेर महत्वपुर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्धेश्यले पुर्ननिर्माण शुरु गरिएको हो । प्रदेश सरकार र विभिन्न दातृ निकायको सहयोगमा पुर्ननिर्माणले तीब्रता पाएको छ । पोखरीका लागि यस वर्ष रु ५० लाख बिनीयोजन भएको थियो ।
यसैबीच निर्माणाधिन उक्त पोखरीको जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल लगायत नेकपाका नेताहरुले अनुगमन गर्नुभएको छ । पोखरी पुर्ननिर्माणको काम चालु आर्थिक वर्ष भित्रै सम्पन्न हुने छ ।