पोखराबाट पर्वत तर्फ आउँदै गरेको स्कुटर नयाँपुलमा दुर्घटना, स्याङ्जाका बस्नेतको मृत्यु - News site from Nepal

पर्वत-  पोखराबाट पर्वत तर्फ आउँदै गरेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान अन्दाजी ४.३५ बजेको समयमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ नयाँपुलस्थित पर्वत र कास्कीको सिमाना जोड्ने पक्कि पुलको बारमा ग १० प २१२२ नम्बरको स्कुटर अनियन्त्रित भएर ठक्कर खाँदा स्कुटरको पछाडी बसेका स्याङ्गजा आँधीखोला गाउँपालिका ६ बस्ने अन्दाजी वर्ष ३५ का पुष्कर बस्नेतको उपचारका क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार सोही स्थान बस्ने अन्दाजी वर्ष २५ का स्कुटर चालक सन्तोष न्यौपाने पनि घाइते छन् । उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!