आज एकैदिन थपिए ७४० संक्रमित, संक्रमितको संख्या १५ हजार २५९ - News site from Nepal
आज एकैदिन थपिए ७४० संक्रमित, संक्रमितको संख्या १५ हजार २५९

काठमाडौं- नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएकोमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ८ सय ५८ जनाको कोरोना परीक्षण भएकोमा १ सय ६६ जनाको पोजेटिभ आएको छ ।

यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २६२ जनाको परीक्षण गरिएकोमा १९ जनामा कोरोना पोजेटिभ आएको छ ।

यस्तै कोशी अस्पताल विराटनगरमा २ ८६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनाको पोजेटिभ आएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा २१२ जनाको कोरोना परीक्षण गरिएकोमा २ जनाको पोजेटिभ आएको छ । यस्तै गजेन्द्र नारायणसिंह अस्पतालमा ८५ जनाको कोरोना परीक्षण गरिएकोमा ३२ जनाको पोजेटिभ आएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा २३५ जनाको परीक्षण गरिएकोमा २२ जनाको पोजेटिभ आएको छ ।
डा गौतमका अनुसार नारायणी अस्पताल वीरगंजमा १३१ जनाको परीक्षण गरिएकोमा एकजनाको मात्र पोजेटिभ आएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २२१ जनाको परीक्षण भएकोमा सबैको नेगेटिभ आएको छ ।
यस्तै भरतपुर अस्पतालमा २१६ जनाको परीक्षण गर्दा २१ जनाको पोजेटिभ आएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा २३८ जनाको परीक्षण गर्दा २९ जनाको पोजेटिभ आएको छ ।
यस्तै धुलिखेल अस्पतालमा १३४ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तै वीर अस्पतालमा १४० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नगेटिभ आएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८३ जनाको परीक्षण गर्दा २ जनाको पोजेटिभ आएको छ । यस्तै प्रादेशिक क्षयरोग केन्द्रको प्रयोगशालामा ३१७ जनाको परीक्षण गर्दा १३ जनामा पोजेटिभ आएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ९९ जनाको परीक्षण गर्दा १ जनाको पोजेटिभ आएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा ३५० जनाको परीक्षण गर्दा २८ जनाको पोजेटिभ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३३ जनाको परीक्षण गरिएकोमा ८ जनाको पोजेटिभ आएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एकजनाको परीक्षण गरिएको र उक्त नजिता पोजेटिभ आएको छ ।
डा गौतमका अनुसार दैलेख प्रयोगशालामा ११४ जनाको परीक्षण गर्दा १० जनाको पोजेटिभ आएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा ६५ जनाको परीक्षण गर्दा ६५ जनाकै रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा डा. गौतमले पछिल्लो २४ घण्टामा ८२३ जना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार १४३ पुगेको छ ।

कोरोलाले ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।

यसअघि नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु पुष्टि भएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको थियो ।

त्यसैगरी नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष, दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसैगरी चितवन मेडिकल कलेजमा मृत्यु भएका कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुष, ललितपुरको स्टार अस्पतालमा रौतहटका ३० वर्षीय पुरुष र अछामको होम क्वारेन्टिमा बसिरहेको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!