बैठकमा कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामका लागि गरिएका प्रयासहरु,वडागत छलफल तथा रिपोर्टिङ,राहत बितरणको मापदण्ड,राहत बितरणका लागि पहिलो चरणमा वडागत रकम बिनियोजनको सिफारिस,अन्य क्षेत्रका कामदार र ब्याक्तिहरुलाइ राहत बितरण,बिपद ब्यबस्थापनको पुर्ब तयारी लगायतका बिषयमा छ्लफल भएको छ ।
साथै कोरोनाको रोकथामका लागि नगरपालिका द्वारा भएका पहलहरु जस्तैः नगर तहमा २१ सदस्यीय कोरोना रोकथाम समिती गठन,नगर स्वास्थ प्रमुखको संयोजकत्वमा नौ सदस्यीय उद्धार समिति गठन,राहत सामग्री तथा साबुन बितरण,एघार ओटै वडामा अत्यावश्यक औषधिको ब्यबस्था,धुलिखेल अस्पताललाइ आइसोलेशन वार्ड बनाइने,अत्यावश्यक अवस्थाका लागि यातायातका साधनको ब्यबस्था,बिपत ब्यबस्थापन कोष स्थापना ,बिभिन्न राजनीतिक दलहरूसङ्ग समन्वय लगायतका कार्यहरू सञ्चालन भैरहेको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
बिपद ब्यवस्थापन समितिको बैठकमा नगरपालिका का एघारै वडाका वडा अध्यक्षहरुले आ आफ्नो वडामा कोरोना भाइरस रोकथामका लागि वडा स्तरमा गरिएका कार्यहरू प्रस्तुत गर्नुभएको थियो । त्यस्तै फलेवास नगरपालिका का राजनीतिक दलका प्रतिनिधिहरुले आफ्नो ठाउँमा भएका समस्याहरुको बारेमा आफ्ना सुझाव राखेका थिए ।
गरिब विपन्न तथा खान नपाएर भोकभोकै बस्नुपरेका नागरीक राहत पाउनबाट नछुटुन भनेर नगरले आफै मापदण्ड बनाएर राहत वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताउनुभयो । नगरपालिकाले गरिब,बिपन्न,बेरोजगार र बेसहाराको पहिचान गरि राहत बितरण गर्ने कार्य भैरहेको जनाइएको छ ।
त्यसको लागि प्रत्येक वडालाई जिम्मा लगाउने समेत निणय गरेको छ । राहत पाउने सुचिमा परेकाहरु लाई दुई जनाको परिवारलाई १२ /५ किलोग्राम चामल,एक किलोग्राम चिउरा र चना एक किलोग्राम राहत दिनेछ भने दुई देखि चार जना भन्दा माथिको परिवार भएको खण्डमा २५ किलोग्राम चामल दुई किलोग्राम चिउरा दुई किलोग्राम चना र दाल दुई किलोग्राम बितरण गरिने र ५ जना भन्दा ठुलो परिवारको लागि सोही अनुपातमा बढाएर राहत प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
खाध्यन्न ढुवानीका लागि आवस्यक प्रवेश पास नगरपालिकाले उपल्वध गराउने र आवस्यक यातायातका साधनको व्यवस्था गर्न मद्धत गर्ने समेत नगरपालिकाले जनाएको छ ।
विपद व्यबस्थापन बैठ्कमा सहायक प्रमुख जिल्ला अधिकारी,उद्योग बाणिज्य संघ पर्वतका प्रतिनिधी नगर प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एघारै वटा वडाका वडा अध्यक्ष नगरपालिका का कर्मचारी सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
विपद व्यवस्थापन कोषमा शिक्षक र कर्मचारीले १२ लाख रुपैया जम्मा गरेका छन ।
बिपद्मा राहतका लागि सहयोग गर्न नगरपालिकाले आब्हान गरेपछि नगरपालिका भित्र कार्यरत शिक्षक कर्मचारीले १२ लाख जम्मा गरेका हुन ।
फलेवास नगरपालिका भित्र कार्यरत कर्मचारीको तीन दिनको र शिक्षकको दुई दिनको पारिश्रमक कोषमा जम्मा गरिएको छ । नगरपालिकाले यस अघि ३५ लाख रुपैयाको राहातकोष स्थापना गरिसकेको छ ।






