पर्वतको कुश्माबजारवाट २३ हजार नगद सहित सात जुवाडे पक्राउ - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ आचार्यचोक स्थित एक खाजाघरवाटसात जना जुवाडे पक्राउ परेका छन् ।
स्थानीय एक खाजा घरमा जुवा खेलाएको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीको टोलीले नगद रु २३ हजार १९० सहित सात जनालाई पक्राउ गरेको हो । नगद सहित २ सय १२ पत्ति तास समेत बरामद गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पक्राउ परेका सातै जनालाई बुधवार जिल्ला सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला प्रशासन कार्यालयमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ भने पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा एक जनप्रतिनिधि समेत रहेको बुझिएको छ ।
पछिल्लो समय पर्वत प्रहरीले जुवातासमा कडाई गरेको छ । यस अघि कुश्माकै यान्त्रिक पुल चोक र वडा नं. ८ चुवामा पनि कारवाहि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!