गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि - News site from Nepal
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

पर्वत- गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। तनहुँका २, स्याङजाका ८, लमजुङका ३, बाग्लुङका १ र कास्कीका ६ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ भने १ हजार २ सय ४५ जना निको भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari