![](http://www.lokatantraonline.com/wp-content/uploads/2020/02/Surgical-mask.png)
पर्वत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण न्यूनिकरणका लागि पर्वतको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीका सवै घरधुरीमा मास्क र साबुन वितरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी ज्ञादी पिपलटारी उपशाखाले पिपलटारीका सवै घरधुरीमा मास्क र साबुन वितरण गरेको हो । पिपलटारीमा तीन हजार थान मास्क र ८ सय थान डिटोल साबुन वितरण गरिएको पिपलटारी उपशाखाका सभापति आनन्द पौडेलले जानकारी दिनुभयो ।
महामारीको बेला मास्कको प्रयोगले थोरै भएपनि न्यूनिकरणमा सघाउ पुग्ने स्थानीयवासीहरुलाई नियमीत रुपमा साबुन पानीले हात धोएर संक्रमणवाट जोगिन सकुन भन्ने उद्धेश्यले घर घरमै पुगेर उक्त सामाग्री वितरण गरिएको पौडेलले जानकारी दिनुभयो ।